Main News

सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न कार्यदलको बैठक बस्दै

हिमालय टिभी
२०७९ साउन २६ गते ७:४६
सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न कार्यदलको बैठक बस्दै

२६ साउन २०७९ काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ दलहरुले गठन गरेको कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्नेछ । आजको बैठकले सिट बाँडफाँटको मोडालिटीमा छलफल गर्ने छ । साथै गठबन्धनमा सहभागी हुन चाहने दलहरुका लागि सिटको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ ।

यसअघि पहिलो कार्यदल बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक चयन गरेको थियो । आगामी मंसिर ४ गतेका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनमा रहेका पाँच दलले निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका थिए ।

योसँगै कांग्रेसबाट ३ र अरु दलबाट २–२ जना गरी ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले निर्वाचनका लागि सिट बाँडफाँटको खाका तयार गरेर शीर्ष नेतालाई बुझाउने जिम्मेवारी पाएको छ ।

निर्वाचनका लागि दलहरुले कति सिटमा दाबी गर्ने भन्नेबारेमा भने आन्तरिक छलफलसमेत गरिसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *