खेलकूद

पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमिति बैठक भोलि बस्दै, यस्ता छन् एजेण्डा

हिमालय टिभी
२०७९ साउन २५ गते १९:००
पटकपटक स्थगित हुँदै आएको  एन्फा कार्यसमिति बैठक भोलि बस्दै, यस्ता छन् एजेण्डा

२५ साउन २०७९ काठमाडौं । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक भोलि बस्दैछ ।

बैठकमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छलफल हुने एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक र खेलाडीबीचको विवादमा छानबिन समितिले दिएको सुझावका आधारमा तयार पारिएको प्रतिवेदनलाई भोलिको बैठकमा लाने तयारी भएको एन्फा महासचिव किरण राईले बताए ।

तर यो विषय नटुगिंदै अलमुताइरीले बंगलादेशसँगको आसन्न मैत्रीपूर्ण फुटबलका लागि २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई पत्राचार गरिसकेका छन् । यसअघिनै एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि अलमुताइरीले भने त्यसमध्येका अन्जन विष्ट र तेज तामाङको नाम मात्र सूचीमा समावेश गरेका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न माग गरिएको विषयमा समेत बैठकमा छलफल हुने महासचिव राईले बताए । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्ने सम्बन्धमा छलफल गर्न बैठक माग गरेका थिए ।

यसअघि साउन २ गते बोलाइएको बैठक अध्यक्ष नेम्वाङको स्वास्थ्यको कारण देखाउँदै र ५ गते डाकिएको बैठक एजेन्डामा प्रवेशनै नगरी स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्