Main News

‘बिहारको आँशु’ कोशी सम्झौता नेपाललाई यस्तो घाँडो (भिडियो रिपोर्टसहित)

२०७९ साउन २३ गते २१:१४
‘बिहारको आँशु’ कोशी सम्झौता नेपाललाई यस्तो घाँडो (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ विराटनगर । नेपाल र भारतबीच १२ वैशाख २०११ मा कोशी सम्झौता भयो । सम्झौता अनुसार भारतलाई कोशीको चावी बुझाएसँगै हरेक वर्ष नेपाली वस्ती जोखिममा पर्ने गरेको छ । भारतलाई सहयोग स्वरुप गरिएको कोशी सम्झौता नेपालका लागि घाँडो बनेको छ ।

हरेक वर्षायाममा जब कोशी नदीमा पानीको बहाब बढ्न थाल्छ, तब वरपरका स्थानीयमा डर र त्रास बढ्न थाल्छ । कोशीमा बाढी रहुन्जेल स्थानीयहरुमा न निन्द्रा हुन्छ न भोक । त्यतिबेला समाचारका हेडलाईनहरु कोशीले रंगिएका हुन्छन्, प्रशासन तातेको हुन्छ ।

तर, बर्षात सकिएसँगै सबै मुद्दा सेलाउँछन् र अर्को बर्ष फेरि यही नियति दोहोरिन्छ । झण्डै सात दशक पहिले भारतलाई कोशीको चावी बुझाएपछि हरेक वर्ष सुनसरी, सप्तरी र उदयपुरका तटीय क्षेत्रका जनता कोशीको कहर भोगिरहेका छन् ।

‘बिहारको आँसु’ उपनामले चिनिने कोशी ब्यारेजको ढोका खोले बिहार तहसनहस बनाउने भएपछि भारतले व्यारेजका ढोका बन्द गर्छ, अनि तहस नहस हुन्छ नेपाली वस्ती । कृषि उपज, पशुचौपाया र घर त उजाडिन्छ नै कहिलेकाँही त कयौँ मानिसले ज्यान गुमाउनुपर्छ ।

कोशी सम्झौता अनुसार कोशी ब्यारेजको रेखदेख, नियन्त्रण, मर्मतसम्भारसहितका सम्पूर्ण जिम्मेवारी भारतको बिहार सरकारको हो । नियन्त्रणको चावी पाएको भारत सुख्खायाममा व्यारेजको ढोका खोलेर सिंचाइका लागि पानी लैजान्छ र वर्षामा व्यारेजको ढोका बन्द गरेर नेपाली वस्ती डुवाउँछ । यस्तो सम्झौता पुनरावलोकनका लागि पहल गर्न नसक्ने हो भने नेपाल हरेक वर्ष समस्या भोग्न बाध्य हुनेछ ।

कोशी व्यारेज खुल्ला हुँदा बिहारको मधुवनी, दरभंगा, पूर्णिया, सहर्सा, कटिहार र सुपौल लगायतको क्षेत्रमा ठूलो क्षति हुन्छ । भारतले आफ्ना नागरिकलाई जोगाउन हरेक वर्ष नेपाली वस्तीमा बाढी पस्नेगरी व्यारेजका ढोका बन्द गर्छ । आफ्ना नागरिक बाढीको पीडाबाट प्रताडित बनिरहँदा नेपाल सरकार सम्झौताको बुँदा हेर्दै मूकदर्शक मात्र बनेर बसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *