राजनीति

दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नु पर्ने कांग्रेसकाे सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २३ गते १६:४८
दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नु पर्ने कांग्रेसकाे सुझाव (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले प्रतिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा दलहरुको क्षमताका आधारमा सिट बाँडफाँट गर्नुपर्ने सुझाव दिएका छन् ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि आज बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गठबन्धनका उम्मेदवारले जित्ने गरी तालमेल हुनुपर्नेमा जोड दिएका हुन ।

बैठकमा नेताहरुले २०७४ को निर्वाचन र अहिलेको स्थानीय तह निर्वाचनमा ल्याएको सिटलाई आधार मानेर जान सुझाव दिएका हुन । यद्यपि, कति सिटमा कांग्रेसको दाबी रहने भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्