Main News

असमान ढंगले तलव बढाएको विरोधमा नासुहरुले दिए अर्थ मन्त्रालयमा धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २३ गते १६:४३
असमान ढंगले तलव बढाएको विरोधमा नासुहरुले दिए अर्थ मन्त्रालयमा धर्ना (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ काठमाडौं । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नायब सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनरत कर्मचारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर असमान तलबवृद्धि सच्याउन आग्रह गरेका छन । अर्थमन्त्रीले पनि बजेट भाषण अनुसार नै तलबवृद्धि हुने आश्वासन दिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *