Main News
आफू मन्त्री हुँदा पूँजीगत र्खा उल्लेख्य प्रगति गरेको पूर्वमन्त्री झाँक्रीको दाबी (भिडियो रिपोर्टसहित)
२०७९ साउन २३ गते १६:२४

२३ साउन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो ।
उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताउनुभयो ।
सचिव झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनुभयो ।
प्रतिक्रिया