Main News

मदन पुरस्कारका लागि आठ कृति छनोट

२०७९ साउन २३ गते १५:३५
मदन पुरस्कारका लागि आठ कृति छनोट

२३ साउन २०७९ काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो ।

साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शव्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ ।

यी मध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *