ताइवान र चीनबीच बढ्दो तनाव, जापानलाई यस्तो चिन्ता

हिमालय टिभी
२०७९ साउन २३ गते ९:२१
ताइवान र चीनबीच बढ्दो तनाव, जापानलाई यस्तो चिन्ता

२३ साउन २०७९ टोकियो । ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारले चिन्ता व्यक्त गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले ताइवान नजिकै चीनले गरिरहेको सैन्य अभ्यासको निन्दा गर्दै यो ठूलो समस्या भएको बताउनुभएको छ । प्रधानमन्त्री किशिदाले चीनको आक्रामक व्यवहार जापानको क्षेत्रीय शान्ति र सुरक्षाका लागि पनि खतरा भएको बताउनुभयो ।

अमेरिकाको संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको क्रमदेखि नै चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यास शुरु गरेको छ ।

हालसम्म चीनले विभिन्न ब्यालेस्टिक मिसाइलले पनि आक्रमण गरिसकेको छ । जसमध्ये ५ मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा पनि खसेको छ । चीनको यो अभ्यास तत्काल रोक्न जापानी प्रधानमन्त्री किशिदाले माग गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *