Main News

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ साउन २२ गते ९:००
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२२ साउन २०७९ काठमाडौं । आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेकाले नेपालमा पानी पर्ने क्रम हिजो अस्तिको भन्दा कम भएको छ । तैपनि पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा आजपनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । यस्तै आज राति लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले बर्दियामा पनि ठूलो पानी परेपछि बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *