Main News
वैदेशिक रोजगारबाट फर्केका युवाको सीप उपयोग गर्ने आश्वासन (भिडियो रिपोर्टसहित)
२०७९ साउन २१ गते १८:०५

२१ साउन २०७९ भक्तपुर । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरमा गरेको कार्यक्रममा मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले दिएको अवसरलाई जनप्रतिनिधिले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाको ज्ञान, सीप र अनुभव उपयोग गरेर सरकारले गुरुयोजना तय गर्ने आश्वासन पनि दिनुभयो ।
प्रतिक्रिया