खेलकूद
प्रिमियर लिग फुटबलमा आर्सनलको विजयी शुरुवात
२०७९ साउन २१ गते ८:२०
२१ साउन २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी शुरूवात गरेको छ ।
प्रिमियर लिगको पहिलो खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । अवे मैदानमा २०औं मिनेटमा गेबरियल मार्टिनेलीको गोलसँगै आर्सनलले अग्रता लिएको थियो ।
त्यसपछि ८५औं मिनेटमा प्यालेसका मार्क गुहीले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा २० को अग्रता बनायो । त्यसपछि खेलम थप गोल हुन सकेन ।
प्रतिक्रिया