Main News

सरकारले भन्यो : एमाले अध्यक्ष ओलीको गुप्तचरी गरेका छैनौं

हिमालय टिभी
२०७९ साउन २० गते १७:४०
सरकारले भन्यो : एमाले अध्यक्ष ओलीको गुप्तचरी गरेका छैनौं

२० साउन २०७९ काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी नगरेको स्पष्ट गरेको छ ।

एमाले अध्यक्ष ओलीले आफ्नो घर अगाडी गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको आरोप लगाउनुभएको थियो । तर मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबीको खण्डन गर्नुभयो ।

प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *