राजनीति

आगामी चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ पाँच दलको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २० गते १२:४९
आगामी चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ पाँच दलको निर्णय (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी संसदीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रतिनिधि तालेमल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

बैठकमा सिट बाँडफाँटको विषयमा छलफल भए पनि कार्यदलको प्रतिवेदन अनुसार अघि बढ्न नेताहरु सहमत भएका हुन् । तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति समेत भएको छ ।

कार्यदल गठनको सहमति भएपछि गठबन्धनका पाँचै दलले आन्तरिक छलफल गर्दै छन् । आन्तरिक छलफलपछि कार्यदल सदस्यको टुंगो लाग्ने छ ।

प्रतिनिधिसभाको एक सय ६५ सिट मध्ये कम्तिमा ९० सिट लिएर मात्र गठबन्धन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पार्टी भित्रबाटै चर्को दवाव छ । माओवादी केन्द्रले पनि कम्तिमा ५० सिट आफ्नो भागमा पर्नुपर्ने अडान लिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *