Main News

सर्वोच्च अदालतबाट आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने

हिमालय टिभी
२०७९ साउन २० गते ९:०३
सर्वोच्च अदालतबाट आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने

२० साउन २०७९ काठमाडौं । सर्वोच्च अदालतबाट आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने भएको छ ।

गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बार सरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेकाले आजदेखि कार्यान्वयन गर्न लागिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेको बैठकको निर्णयअनुसार आज पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *