खेलकूद

अमेरिकी बास्केटबल खेलाडीलाई रुसमा साढे ९ वर्ष जेल सजाय

२०७९ साउन २० गते ७:५१
अमेरिकी बास्केटबल खेलाडीलाई रुसमा साढे ९ वर्ष जेल सजाय

२० साउन २०७९ मस्को । रुसमा अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसको एक अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो । उनलाई साढे नौ वर्ष कैद सजाय माग गरिको थियो । दोहोरो ओलम्पिक विजेता ३१ वर्षीय ग्रिनरले गाँजाको तेल राखेको स्वीकार गर्दै आफूले इमानदार गल्ती गरेको बताएकी थिइन् ।

विश्वकै उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिने ग्रिनरलाई गएको फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलमा गाँजाको तेल भएको भेप कार्टेज भेटिएपछि पक्राउ गरिएको थियो । उनी अमेरिकाको अफ सिजनमा क्लब बास्केटबल खेल्न रुस पुगेकी थिइन् । लगत्तै रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो ।

उनको मुद्दा अमेरिका र रुसबीचको उच्चस्तरीय कूटनीतिको विषय समेत बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको सजायलाई अस्वीकार्य भएको बताएका छन् । अमेरिका र रूसले सम्भावित कैदी साटफेरको बारेमा छलफल गरिरहेका छन् जसमा उनी पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्