Main News

सप्तकोसीमा पानीको बहाव घट्यो

हिमालय टिभी
२०७९ साउन १९ गते ९:२०
सप्तकोसीमा पानीको बहाव घट्यो

१९ साउन २०७९ काठमाडौं । सप्तकोसी नदीमा पानीको सतह घटेको छ । नदिले उदयपुरको बेलका नगरपालिका वडा नम्ब र ८ डुम्रीबोटबाट कटान गर्दै बस्तीमा पसेपछि त्यहाँका हजारौ नागरिक प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यहाँ एक हजार पाँच सय परिवार विस्थापित भएको जनाएको छ । उनीहरूलाई स्थानीय तहसँगको समन्वयमा उच्च स्थानमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

आज भने पानी पर्न कम भएकाले बहाव घटेको उहाँले बताउनुभयो । तर मनसुन सक्रिय नै रहेकाले बाढीमा फसेका बेलका नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ का बाँकी नागरिकलाई समेत उद्धारका लागि सुरक्षाकर्मीहरू खटिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *