राजनीति

विप्लवसहित नेताविरुद्ध सरकारले लगाएका मुद्दा अनुचित : महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १८ गते १७:४२
विप्लवसहित नेताविरुद्ध सरकारले लगाएका मुद्दा अनुचित : महासचिव पोखरेल (भिडियो रिपोर्टसहित)

१८ साउन २०७९ दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित नेताविरुद्ध सरकारले लगाएका मुद्दा अनुचित रहेको टिप्पणी गर्नुभएको छ ।

दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ओली सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएको स्मरण गर्दै मुद्दा लगाउनुको औचित्य नभएको टिप्पणी गर्नुभयो ।

अर्को प्रसंगमा महासचिव पोखरेलले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता बाहिरिए पनि पार्टी कमजोर नभएको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले पाँच दलीय गठबन्धन सरकारले देशलाई उँधोगतितर्फ धकेलेको आरोप लगाउनुभयो । वर्तमान सरकारकै कारण नेपाल विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनेको, बजेट पनि सीमित व्यक्तिलाई फाइदा हुने गरी बनाइएको, भ्रष्टाचारले प्रश्रय पाएको, महँगी र कालो बजारी बढेको जस्ता आरोप लगाउनुभयो ।

उहाँले प्रचण्ड र देउवाको नजरमा अर्थमन्त्री जनार्दन शर्मा चोखिए पनि जनताको नजरमा गम्भिर अपराधी रहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्