Main News

मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले निगममा बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १८ गते १७:३५
मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुले निगममा बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

१८ साउन २०७९ काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुको बागमती प्रदेश कमिटीले आज निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गर्दै साँझसम्म मूल्य समायोजन गर्न माग गरेको हो । निगमले यसअघि मूल्य समायोजन गरेपछि भारतीय आयल कर्पोरेसनबाट दुईपटक मूल्य घटेर आएको तर नेपालमा मूल्य समायोजना नगरेको भन्दै निगम घेराउ गर्नुपरेको अनेरास्ववियुको दाबी छ ।

ज्ञापनपत्र बुझ्दै आयोगका प्रवक्ता विनितमणि उपाध्यायले नेपालले भारतीय आयल कर्पोरेशनलाई बुझाउनुपर्ने बक्यौता रकम धेरै भएकाले मूल्य समायोजन गर्न नसकिएको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउनुअघि अनेरास्ववियुले निगम अगाडि धर्ना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवा, उद्योगमन्त्री र निगमविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *