Main News

चोरीको सुन किन्ने व्यक्तिका कारण भारतको मुम्बई जाने विमानको उडानमा दुई घघण्टा ढिलाइ

हिमालय टिभी
२०७९ साउन १८ गते १६:४६
चोरीको सुन किन्ने व्यक्तिका कारण भारतको मुम्बई जाने विमानको उडानमा दुई घघण्टा ढिलाइ

१८ साउन २०७९ काठमाडौं । शंकास्पद यात्रु रहेको सूचना प्राप्त भएपछि रोकिएको नेपाल एयरलाइन्सको विमान २ घण्टापछि भारतको मुम्बई उडेको छ ।

आज दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्ने तालिका रहेको आरए २०१ नम्बरको विमान उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो । कैलाली प्रहरीले चोरी अभियोग लागेका एकजना विमानमा रहेको र उनलाई पक्राउ गर्न अनुरोध गरेपछि विमानस्थल प्रहरीले उनलाई रनवे बाट पक्राउ गरेको छ । विमानमा शंकास्पद व्यक्ति सवार रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको थियो ।

प्रहरीले मुम्बई जान लागेका कैलालीका सन्तोष लामिछानेलाई विमानबाटै पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईले जनाकारी दिनुभयो । लामिछाने दम्पती मुम्बई जान लागेका थिए । सन्तोष पक्राउ परेपछि श्रीमती मिना लामिछाने पनि दिल्ली जानु भएन ।

सन्तोष गहना व्यवसायी रहेको बताइएकोछ । कैलालीमा गहना पसल चलाउँदै आएका उनी चोरी तथा तस्करीको सुन किनेर बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीको खोजी सूचीमा रहेका सन्तोष काठमाडौंबाट मुम्बई उड्न लागेको सूचना प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा आइपुगेको थियो ।

शंकास्पद व्यक्तिको पक्राउ पछि विमानमा सवार अन्य यात्रुको पनि पुनः सुरक्षा जाँच गरेर २ घण्टापछि विमान मुम्बई पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *