Main News

शपथ ग्रहण पालना नगरे कारबाही हुने कानूनी व्यवस्था गर्न भीम रावलकाे माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १७ गते १८:२६
शपथ ग्रहण पालना नगरे कारबाही हुने कानूनी व्यवस्था गर्न भीम रावलकाे माग (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले शपथ ग्रहणको पालना नगरे कारबाही हुने कानूनी व्यवस्था गर्न माग गर्नु भएको छ ।

प्रतिनिधिसभा बैठकमा शपथसम्बन्धी विधेयक, २०७९ माथिको छलफलमा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले सपथ ग्रहण गरेकाहरुले संविधान, सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई कारबाही हुने कानून बनाउनुपर्ने बताउनुभयो ।

सांसद रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै विदेशी भूमिमा गएर राष्ट्रिय अस्मिताविपरीतका गतिविधि गरेको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *