Main News

संसद बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

हिमालय टिभी
२०७९ साउन १७ गते ९:४०
संसद बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

१७ साउन २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि आजैका लागि तय भएको छ ।

प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताउनुयभो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *