Main News

व्यवसायीको आन्दोलन, आजदेखि हवाई इन्धन ढुवानी बन्द

हिमालय टिभी
२०७९ साउन १६ गते ९:१६
व्यवसायीको आन्दोलन, आजदेखि हवाई इन्धन ढुवानी बन्द

१६ साउन २०७९ काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेका छन् ।

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।

२० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ । २१ गतेदेखि सम्पूर्ण ट्याङ्करबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् ।

हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासङ्घद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *