राजनीति

एमाले अध्यक्ष ओलीले भने–संसदीय समितिको प्रतिवेदन मान्य छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १४ गते १९:०५
एमाले अध्यक्ष ओलीले भने–संसदीय समितिको प्रतिवेदन मान्य छैन (भिडियो रिपोर्टसहित)

११ साउन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा करको दर हेरफेरसम्बन्धी प्रकरणमा जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले बहुमत र अल्पमतको आधारमा ल्याइएको प्रतिवेदन सन्तुलित नभएको भन्दै मान्न नसकिने बताउनुभएको हो । उहाँले जनार्दन शर्मालाई जोगाउने गरी सत्तागठबन्धनले बहुमत सदस्य आफ्नैतर्फबाट राखेकाले प्रतिवेदन तथ्यमा आधारित नभएको आरोप लगाउनुभयो ।

यस्तै अर्को प्रसंगमा अध्यक्ष ओलीले सरकारले निर्वाचन सार्ने षडयन्त्र गरेको आरोप पनि लगाउनुभयो । उहाँले सत्तारुढ गठबन्धन संघ र प्रदेशको निर्वाचन पर सार्ने षडयन्त्रमा रहेको बताउनुभएको हो । लोकतन्त्र रक्षाका लागि समयमै निर्वाचन गर्नका लागि दबाब दिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेलाई घेराबन्दी गरेर निर्वाचनमा समेत पराजित गराउने षड्यन्त्र भए पनि आगामी निर्वाचनबाट एमाले ठूलो शक्तिकारुपमा उदाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्