खेलकूद

साफ महिला च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक

हिमालय टिभी
२०७९ साउन १४ गते १८:०५
साफ महिला च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक

१४ साउन २०७९ काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान छन् । यस्तै समूह एमा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो ।

नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्