जनार्दन शर्मालाई नै पुनः अर्थमन्त्री बनाउने तयारी

१४ साउन २०७९ काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदीय छानबिन समितिको निष्कर्ष पछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी शुरू भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले शर्मालाई अर्थ मन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उहाँले शर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने बताउनुभयो ।
भोलि पार्टीको स्थायी समिति बैठक बोलाइएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् । तर, प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको् नभएर उहाँले छानबिनका लागि राजीनामा दिनुभएकाले निर्दोष साबित भएपछि उहाँ नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताउनुभयो ।
प्रतिक्रिया