Main News

सञ्चालन हुने अवस्थामा छ त जनकपुर चुरोट कारखाना ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन १३ गते २१:०६
सञ्चालन हुने अवस्थामा छ त जनकपुर चुरोट कारखाना ? (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ जनकपुर । केही दिनअघि मात्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना निरक्षण गरेर कारखाना पुनः सञ्चालन गर्ने बताउनुभयो । १२ वर्षदेखि उत्पादन ठप्प भएको कारखाना सञ्चालन हुने अवस्थामा छ त ?

मन्त्री भएका बेला आफूलाई देशभक्त देखाउन र जनतालाई केही समय खुसी पार्न रुग्ण उद्योग पुनः संचालन गर्ने विषयमा बोल्ने नेताहरुको पुरानै बानी हो । कतिपय उद्योग त पुनः सञ्चालनका लागि बजेट समेत विनियोजन हुने गरेको छ ।

कारखानामा प्रिन्टिङ्ग युनिट, वर्कसप, प्राइमरिङ्ग प्रोसेसिङ्ग, मेकिङ्ग र प्याकिङ्गसहितका मेशिन काम लाग्ने अवस्थामा रहेको र केही प्राविधिक सुधार गरे उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्राविधिक बताउँछन् ।

सुर्ती, प्याकिङ्गका लागि पेपर र ब्वाइलरको व्यवस्था भए चुरोट उत्पादन हुने अवस्था छ । कारखानामा रहेको दुई वटा जेनेरेटर र चारमध्ये दुई मेसिन चालु हुने अवस्थामा छन् ।

स्थानीय सरकारले संघीय सरकारसँग समन्वय गर्दै जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने नागरिक अगुवाको पनि सुझाव छ ।

करिब ७ दशकअघि रुसी सरकारको लगानीमा निर्मित उद्योग पुनः सञ्चालन गर्न रुसी सरकारको तर्फबाट समेत पहल र अनुगमन भएको थियो । तर, कारखानाका भवन मधेस सरकारको प्रशासनिक भवनको रुपमा प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *