खेलकूद

इंग्ल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

हिमालय टिभी
२०७९ साउन १३ गते ७:२६
इंग्ल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

१३ साउन २०७९ काठमाडौं । इंग्ल्याण्डविरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ ।

२०८ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको घरेलु टोली इंग्ल्याण्ड १६ दशमलव ४ ओभरमा १४९ रनमै अलआउट भयो । इंग्ल्याण्डका जोन्नी बेरिष्टोले ३०, कप्तान जोश बट्लरले २९ तथा मोइन अलीले २८ रन जोडे ।

बलिङमा अफ्रिकाका एन्डाइल र टेबरेज साम्सीले समान ३–३ विकेट लिए ।

यसअघि कार्डिफमा टस हारेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।

अफ्रिकाका रिली रोसोउ ९६ रनमा अविजित रहे । त्यस्तै रिजा हेनरिक्सले ५३ रन जोडे । जितसँगै तीन खेलको ट्वेन्टीट्वेन्टी शृंखला १–१ को बराबरी भएको छ । पहिलो खेल इंग्ल्याण्डले ४१ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्