राजनीति

आगामी चुनावमा मलाई हराए राम्रो हुँदैन : एमाले अध्यक्ष ओली

२०७९ साउन १२ गते १५:५७
आगामी चुनावमा मलाई हराए राम्रो हुँदैन : एमाले अध्यक्ष ओली

१२ साउन २०७९ झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ ।

उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो-याउनु बेठीक हुने उहाँले बताउनुभयो ।

उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो-याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?” तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उहाँले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गर्नुभएको थियो । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नु पर्ने र दोहो¥याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आजै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

2 thoughts on “आगामी चुनावमा मलाई हराए राम्रो हुँदैन : एमाले अध्यक्ष ओली

  1. आफ्नो निर्वाचन क्षेत्रका दुई नगरपालिका र दुई गाउँपालिका गरी ४ वटा स्थानीय तहको निर्वाचनमा एमाले एक स्थानीय तहमा मात्र जीत निकाल्न सफल भएको छ । यसले उहाँका लागि सङ्घीय र प्रदेश निर्वाचन पनि सोचें जस्तो नतिजा आउने छ भन्नेमा ठुलो शंका छ ।

  2. एमाले भनेको राजनैतिक ठग हरुको झुण्ड मात्र हो,

Leave a Reply to Laxman Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्