Main News

संसदीय विशेष छानबिन समितिको बैठक आज बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

हिमालय टिभी
२०७९ साउन १२ गते ९:१५
संसदीय विशेष छानबिन समितिको बैठक आज बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

१२ साउन २०७९ काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिको बैठक आज बस्न लागेको छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि बैठक बस्न लागेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार बैठक आज दिउँसो साढे १२ बजेका लागि सिंहदरबारमा बोलाइएको छ ।

उहाँले बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र आज प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने तयारी भइरहेको पनि बताउनुभयो ।

विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्टलगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उहाँले असार २२ गते राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *