Main News

बिहानैदेखि पूर्वी तराईका जिल्लाहरुमा भारी वर्षा

हिमालय टिभी
२०७९ साउन ११ गते ८:२५
बिहानैदेखि पूर्वी तराईका जिल्लाहरुमा भारी वर्षा

११ साउन २०७९ काठमाडौं । आज बिहानैदेखि पूर्वी तराईका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर लगायतका जिल्लामा भारी वर्षा भएको हो । विभागले आज दिनभर वर्षा हुनसक्ने बताएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

होचा स्थान र साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ । तराईका जिल्लामा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन महाशाखाले अपिल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *