खेलकूद
इंग्ल्याण्ड महिला युरोकप फुटबलको फाइनल प्रवेश
२०७९ साउन ११ गते ८:१५
११ साउन २०७९ काठमाडौं । इंग्ल्याण्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्याण्ड स्वीडेनलाई ४–० ले पराजित गर्दै फाइनल पुगेको हो। इंग्ल्याण्डस्थित ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे।
अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग ३१ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया