Main News

दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय

२०७९ साउन १० गते २१:०६
दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय

१० साउन २०७९ काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले दुई सय २४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।

कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा ६३ लाई प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि दुई सयको आवेदन परेको थियो । बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.