ठेकेदारको बदमासी, महिनौं अलपत्र पुल नबन्दा सर्वसाधारण मारमा (भिडियो रिपोर्टसहित)

२०७९ साउन ९ गते २०:५८
ठेकेदारको बदमासी, महिनौं अलपत्र पुल नबन्दा सर्वसाधारण मारमा (भिडियो रिपोर्टसहित)

९ साउन २०७९ भोजपुर । ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माणका क्रममा भाँचिएको भोजपुरको कावाखोलाको पुल महिनौ बित्दासमेत निर्माण शुरु हुन सकेको छैन ।

हतुवागढी गाउँपालिका– २, रानीबास र रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङ जोड्ने पुल पुनः निर्माण नहुँदा स्थानीय समस्यामा छन् ।

प्रदेश १ सरकारको पहलमा स्वीस सरकारको ५ करोड अनुदान सहयोगमा दक्षिणी हतुवागढी गाउँपालिका वडा नम्बर २, रानीबास र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५, मानेभञ्याङमा पर्ने कावाखोला पुल निर्माण शुरु भएको थियो ।

तर निर्माणकै क्रममा भाँचियो । पुल भाँचिएपछि पुनर्निर्माण गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले चासो देखाएको छैन । २०७८ चैत मसान्तसम्म काम सक्ने सर्वपक्षीय निर्णय भए पनि अहिलेसम्म पुल बेवारिसे अवस्थामै छ । पुल नहुँदा दक्षिणी भेगका नागरिक जोखिम मोलेरै खोला तर्न बाध्य छन् ।

पिलर खण्ड र आइरन ट्रस्ट गरी फरकफरक टेण्डरमा निर्माणाधीन यो पुल निर्माण कार्यमा लापरवाहीकै कारण भाँचिएको सर्वविदितै छ । यद्यपि वर्षायाम अगावै निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीको भनाइ छ ।

भोजपुरको मानेभञ्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने थियो । तर समयमा सम्पन्न नभएपछि पुनः म्याद थपियो । ४५ मिटर लम्बाई र ६ मिटर चौडाईको पुल निर्माणका क्रममा भाँचियो ।

निर्माण सामग्री नै गुणस्तरहीन भएको प्राविधिक अध्ययनले देखाएको छ । काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्नुको सट्टा म्याद थप्नु भने दुखद हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *