Main News

सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणाको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते १७:३१
सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणाको तयारी (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले आज पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै पर्यटक दशक घोषण गर्ने जनाएको हो ।

पर्यटनको विकास एकै पटक नहुने भएकाले भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न लागिएको मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्ययोजनामार्फत पर्यटन नीति र ऐनलाई समयसामयिक रुपमा संशोधन गर्ने योजना सरकारले अगाडि सारेको छ । कोरोना कहरपछि थलिएको पर्यटन क्षेत्र चलायमान हुन नसक्दा देशको अर्थतन्त्रमा ठूलो असर परेको छ ।

सार्वजनिक कार्ययोजनाको कार्यान्वयन हुन सके पर्यटन व्यवसाय पहिलेकै अवस्थामा आउने आशा व्यवसायीहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *