Main News

झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

हिमालय टिभी
२०७९ साउन ८ गते १२:५६
झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

८ साउन २०७९ झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनीहरु कचनकवल वडा नम्बर ५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

दुईजना किशोरी एउटै हाँगो र एकजना अर्को हाँगोमा झुन्डिएको अवस्थामा भेटिएका थिए । चिया बगानका श्रमिक रहेका उनीहरु हिजो दिउँसोदेखि हराइरहेका थिए । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *