Main News

संसद बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ साउन ८ गते ७:१४
संसद बैठक आज पनि बस्दै

८ साउन २०७९ काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।

कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *