पाँच वर्षमा पनि बनेन पुल (भिडियो रिपोर्टसहित)

२०७९ साउन ७ गते १८:५७
पाँच वर्षमा पनि बनेन पुल (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका– ३ टुनिसैन हुँदै बुढीगंगा नगरपालिकालाई जोड्ने पक्की पुल निर्माण कार्य पाँच वर्षदेखि अलपत्र छ । पुल बन्ला, आवतजावत् गर्न सहज होला भन्ने आशामा बसेका स्थानीय निराश छन् ।

पुल बनाउनका लागि दुई करोड २९ लाखमा एड्भेञ्चर साउद जेभी कन्स्ट्रक्सनले २०७३ असार १० गते ठेक्का पाएको थियो । सम्झौता भएको ६ वर्षमा भएको प्रगति हो यो ।

हिउँदमा त त्यति खतरा छैन । तर, वर्षायाममा कि त धेरै टाढा रहेको झोलुंगे पुल पुग्नुपर्छ कि उर्लँदो भेल तरेर पारी जानुपर्छ ।

आफ्ना बालबालिका विद्यालय गएपछि नफर्किँदासम्म अभिभावकको मन बेचैन हुन्छ ।

विद्यार्थीलाई मात्र होइन स्वास्थ्यकर्मीलाई पनि उत्तिकै समस्या छ । खोप कार्यक्रम होस् वा मातृशिशु कार्यक्रम कार्यान्वयनका लागि आवतजावत गर्न कठिन छ । गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने बाटो त परै जाओस, भएको एउटा झोलुंगे पुल तर्न पनि एक घण्टाभन्दा बढि हिँड्नुपर्छ ।

आफूहरुले पटक पटक निर्माण कम्पनीलाई स्थानीय तह निर्वाचन पूर्व नै निर्माण सम्पन्न गर्ने कार्य योजना बनाउन अनुरोध गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले सोही अनुसार कार्ययोजना बनाएको तर, स्टिलमा भएको मूल्यवृद्धि र पुलसम्म पुग्ने सडक नभएका कारण निर्माणमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनीले काम नगर्दा र सरोकारवाला निकाय पनि मौन बस्दा नागरिक सास्ती भोग्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *