Main News
पुष्पलालबाट दीक्षित भएर पार्टी निर्माण गरेको माधव नेपालको दाबी (भिडियो रिपोर्टसहित)
२०७९ साउन ७ गते १३:४१
७ साउन २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर पार्टी निर्माण गरेको दाबी गर्नुभएको छ ।
पुष्पलालको स्मृति दिवसको अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएकाले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका र यसको छुटै अस्तित्व रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले आफुहरुको काँधमा अनेक चुनौतिहरु भएपनि आत्तिनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।
प्रतिक्रिया