राजनीति

कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्मान गर्न नसकेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ७ गते १३:२६
कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्मान गर्न नसकेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाउनु भएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै कांग्रेसलाई भीमदत्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताउनुभयो ।

उहाँले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि कांग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्