खेलकूद

स्कटल्याण्डमा रहेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

हिमालय टिभी
२०७९ साउन ३ गते ७:५४
स्कटल्याण्डमा रहेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै

३ साउन २०७९ काठमाडौं । स्कटल्याण्डमा आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय शृंखलामा सहभागी भएर नेपाली टोली आज स्वदेश फर्कँदैछ ।

स्कटल्याण्डमा नेपालले घरेलु टोली र नामिबियासँग दुई–दुई वटा खेल खेलेको थियो । शृंखलाको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँग दुबै खेलमा पराजित नेपालले घरेलु टोलीलाई एक खेलमा हराउँदा एकमा हार बेहोरेको थियो । लिग टू आगामी वर्ष भारतमा हुने एक दिवसीय विश्वकपको छनोट हो ।

यस प्रतियोगितामा सात टोलीको सहभागिता छ । नेपाल २० खेलबाट १७ अंकसहित छैटौं स्थानमा छ ।

ओमान ३६ खेलमा ४४ अंकका साथ शीर्ष स्थानमा छ । टोली दिउँसो पौने तीन बजे आइपुग्ने नेपाल क्रिकेट संघ, (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्