Main News

मोरङमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

२०७९ साउन २ गते २१:०८
मोरङमा बढे सम्बन्ध विच्छेदका घटना, यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ मोरङ । मोरङमा यो वर्ष सम्बन्ध विच्छेदका घटना निकै बढेका छन्। जिल्ला अदालतमा दर्ता भएकामध्ये पनि २० प्रतिशत सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता ६५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८–७९ को तथ्याङ्कअनुसार मोरङ जिल्ला अदालतमा १ हजार ७ सय ९४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार १ सय ७१ मात्र थियो । अझै आर्थिक वर्ष २०७६–७७ मा सम्बन्ध विच्छेदका ९ सय ८८ मुद्दा दर्ता भएका थिए । सम्बन्ध विच्छेदको मुख्य कारण घरेलु हिंसा भएको जिल्ला अदालत मोरङले जनाएको छ ।

विगतमा पुरुषले चाहेर पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था थिएन । २०७५ भदौबाट लागू भएको मुलुकी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद चाहिए सिँधै अदालत जान सक्ने बाटो खोलिदियो । संहिता संशोधनसँगै पुरुषवादी भएका मुद्दा दर्ता हुने क्रम बढेको जिल्ला अदालतले जनाएको छ । विवाहेत्तर प्रेम सम्बन्ध, वैदेशिक रोजगार तथा सामाजिक संजालका कारण पारीवारिक विग्रह पनि मुख्य कारणको रुपमा देखिएको कानून व्यवसायी बताउँछन् ।

पारीवारिक रुपमा समाधान गर्न सकिने सानातिना मनमुटावको निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिखीले पनि मुद्दाको संख्या बढेको कानून व्यवसायी बताउँछन् । सम्बन्ध विच्छेद बढ्नु सचेतताको संकेत हो कि सामाजिक विग्रह यसबारे समयमै सचेत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *