Main News

दुई जना न्यायाधीश बर्खास्त गर्ने न्यायपरिषदको निर्णय

हिमालय टिभी
२०७९ साउन २ गते १९:०५
दुई जना न्यायाधीश बर्खास्त गर्ने न्यायपरिषदको निर्णय

२ साउन २०७९ काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

न्यायपरिषदको आजको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

दुई न्यायाधीशमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्त गर्न सिफारिस भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

शर्मामाथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप छ । साथै उनीमाथि कस्तुरीको विनासम्बन्धी मुद्दामा पनि कार्यक्षमताको अभाव रहेको भन्ने आरोप लागेको छ ।

न्यायाधीश निधिमाथि नाबालिकामाथि बलात्कार मुद्दामा खराब आचरण देखाएको आरोप छ । परिषदले गत शुक्रबार मात्रै उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दियाका जिल्ला न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्त गर्न सिफारिस गरेको थियो । परिषदको सिफारिस कायममुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *