Main News
आज साउन महिनाको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो
२०७९ साउन २ गते ८:०५

२ साउन २०७९ काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।
हिन्दू धर्मावलम्बीहरूले साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ।
त्यसैले यो दिन उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।
शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। साउनमा रुद्री लगाउने चलन पनि छ।
सोमबार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
प्रतिक्रिया