Main News

सुर्खेतमा यसरी मनाइयो देउडा गाएर साउने संक्रान्ति (भिडियो रिपोर्टसहित)

२०७९ साउन १ गते २०:४३
सुर्खेतमा यसरी मनाइयो देउडा गाएर साउने संक्रान्ति (भिडियो रिपोर्टसहित)

साउन २०७९ काठमाडौं । साँस्कृतिक र ऐतिहासिक महत्व बोकेको दिन ‘देउडा तथा साउने संक्रान्ति पर्व’ आज कर्णालीमा पनि धुमधामका साथ मनाइएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देउडा खेलेर देउडा तथा साउने संक्रान्ति पर्व मनाइयो ।

साउने संक्रान्तिका दिन कर्णाली प्रदेशमा देउडा गाइन्छ । संगीत र नृत्य दुवैको प्रतिनिधित्व देउडा खेल्दा समाजको वास्तविकता गीतमा झल्काइन्छ। देउडाको माध्यमले विगत सम्झाउने, वर्तमानमा आनन्द लिने र सुन्दर भविष्यलाई संकेत गराउने विश्वास गरिन्छ ।

साउने संक्रान्तिमा समाज तथा व्यक्तिमा भएका सबैखाले रिस–राग, रोग–भोक, विकृति–विसंगति सकिएर जाओस् भन्दै राँको फाल्ने परम्परा छ ।

प्रदेश सरकारले साउने संक्रान्ति पर्वमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तर, संस्कृति जोगाउन प्रदेश सरकारले चासो नदेखाएको कला संस्कृति प्रतिष्ठानको गुनासो छ ।

३ वर्षदेखि कर्णाली प्रदेश सरकारले साउन १ गतेलाई देउडा पर्वका रुपमा मनाउने घोषणा गरे पनि ठोस कार्यक्रम भने ल्याउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *