Main News
नागरिकलाई नागरिकताबाट वञ्चित नगराउने सरकारको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)
२०७९ असार ३१ गते १८:०४
![नागरिकलाई नागरिकताबाट वञ्चित नगराउने सरकारको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/07/balkrishna-khand-2.jpg)
३१ असार २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने प्रतिबद्धता गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाणले नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगराउने बताउनुभयो ।
उहाँले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानको आधारशिलामा उभिएर नागरिकतासम्बन्धी विधेयक बनाइएको बताउनु भयो ।
गृहमन्त्री खाणले सरकारले जस लिनका लागि नागरिकतासम्बन्धी विधेयक नल्याएको स्पष्ट पार्नुभयो । उहाँले दोषारोपण र जस–अपजसबाट माथि उठ्न आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया