Main News

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पदाधिकारीको म्याथ थप

हिमालय टिभी
२०७९ असार ३१ गते १४:५४
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पदाधिकारीको म्याथ थप

३१ असार २०७९ काठमाडौं । सरकारले सत्य निरुण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको म्याद थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुवै आयोगका पदाधिकारीको म्याद बढीमा छ महिना थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तागठबन्धन बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने गरी प्रक्रिया अघि बढाउने सहमति गरेको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनहरु संशोधन गर्ने र त्यहीअनुसार आयोगहरुको संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति गरेको हो ।

बैठकपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी काम चाँडो सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

सरकारले ७ वर्षअघि नै आयोगहरु गठन गरेपनि तिनले पीडितहरुलाई ठोस् न्याय दिन सकेका छैनन् । दुबै आयोगले काम गर्न नसकेपछि सरकारले हरेक वर्ष एकरएक वर्षको समयावधि थप गर्दै आएको छ । दुवै आयोगको समयावधि असार मसान्तमा सकिदैछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *