Main News

नेपाली वस्तु प्रवर्द्धनमा भूमिका खेल्न राजदूतहरुलाई मन्त्री बडुको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २९ गते १४:२७
नेपाली वस्तु प्रवर्द्धनमा भूमिका खेल्न राजदूतहरुलाई मन्त्री बडुको आग्रह (भिडियो रिपोर्टसहित)

२९ असार २०७९ काठमाडौं । उद्योग वार्णिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले विभिन्न देशका लागि सिफारिस र नियुक्त भएका राजदूतहरुलाई नेपाली वस्तुको प्रवर्द्धनमा भूमिका खेल्न आग्रह गर्नु भएको छ ।

निर्यात व्यवसायी महासंघ नेपालले आयोजना गरेको निर्यात् प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बडूले राजदूतहरुलाई बधाइ दिँदै सम्बन्धित देशमा नेपाली वस्तुलाई प्रवर्द्धनमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

बडुले मुलुकमा आयात बढ्दै गएको र निर्यात न्यून भएकाले आर्थिक रुपमा सजग हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो । व्यापारमा सन्तुलन कायम गर्न सरकार लागि परे पनि आयातको आकार कम गर्न नकिएको उहाँको भनाइ थियो । यसलाई न्यूनीकरण गर्न आगामी आर्थिक वर्षको बजेटमा पनि व्यापार सन्तुलनलाई महत्वका साथ राखिएको मन्त्री बडुको भनाइ थियो ।

निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले यो वर्ष २ खर्बको निर्यात गर्ने अपेक्षा गरिएको बताउनुभयो। नेपाली उत्पादन निर्यात गर्दा निक्कै कठिनाइ भोग्नुपरेको भन्दै उहाँले सरकारलाई त्यसमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा सहभागी विभिन्न व्यवसायी संघका प्रतिनिधिहरुले नेपाली उत्पादनको प्रवर्द्धनमा मुख्य भूमिका सरकारको भएकाले मन्त्री बडू र राजदूतहरुलाई सहयोग गर्न अपिल गरेका छन् । राजदूतहरुले पनि आफू जाने देशमा नेपाली उत्पादन प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *