खेलकूद

क्यानले आयोजना गर्ने टि–२० लिगलाई आईसीसीको स्वीकृति

हिमालय टिभी
२०७९ असार २९ गते १०:०५
क्यानले आयोजना गर्ने टि–२० लिगलाई आईसीसीको स्वीकृति

२९ असार २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि–२० लिगलाई स्वीकृति दिएको छ ।

क्यानले प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले टि–२० लिगलाई स्वीकृति दिएको र यसले घरेलु क्रिकेटरलाई धेरै फाइदा पुग्ने जनाएको छ ।

नेपाल टि–२० लिग आगामी असोज ८ देखि कार्तिक ५ सम्म डबल राउण्ड रोबिनको आधारमा त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्