जोगवनी नाका सात महिनादेखि ठप्प, पुल सञ्चालनमा भारतीय अवरोध (भिडियो रिपोर्टसहित)

२०७९ असार २८ गते १८:०३
जोगवनी नाका सात महिनादेखि ठप्प, पुल सञ्चालनमा भारतीय अवरोध (भिडियो रिपोर्टसहित)

२८ असार २०७९ विराटनगर । भारतको बथनाहमा मिरगञ्ज पुल भासिएपछि जोगवनी नाका सात महिनादेखि ठप्प छ। भारतले पुल सञ्चालनमा रोक लगाउँदा आयात–निर्यात प्नभावित भएको छ ।

अहिले पूर्वी नेपालका ५ सयभन्दा बढी उद्योग अप्ठ्यारोमा परेका छन् । नाका बन्द हुँदा राजश्व संकलनमा समेत प्रभाव परेको छ ।

सात महिनाअघि बाढीले मिरगञ्ज पुल भासिएको थियो। भासिएको पुल भारतले मर्मत सम्भार गरेर सञ्चालनमा ल्यायो । तर, भारतले पुलबाट मालबाहक सवारी साधन प्रवेशमा भने रोक लगाउँदै आएको छ।

ठूला सवारी साधन प्रवेशमा रोक लगाउँदा पूर्वी नेपालमा रहेका उद्योगका आवश्यक कच्चा पदार्थ ल्याउन समस्या भएको छ। ४५ किलोमिटर सडक घुमेर सुनसरीको भन्टाबारी नाकाबाट आयात–निर्यात गर्न उद्योगी व्यवसायी बाध्य छन् । जसले स्थानीय र व्यवसायीको आर्थिक भार बढाएको छ ।

सात महिनायतादेखि दैनिक ३०० मालबाहक गाडी सुनसरीको भीमनगर नाका हुँदै नेपाल आइरहेका छन् । यसले न्यूनतम दैनिक ३० लाख व्ययभार थपिएको व्यवसायीको गुनासो छ ।

भारतको कोलकाता पोर्टबाट मिरगञ्ज पुल भएर सुनसरी र मोरङका उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात हुन्छ भने त्यहीं बाटो भएर तयारी सामान निर्यात हुन्छ। भारतीय पक्षले ढाँट लगाएर ठूला सवारी सधान आवतजावतमा रोक लगाएपछि तीन दिनमा विराटनगर आउने मालबाहक सवारी साधानलाई ६ दिन लाग्ने गरेको छ । पुल भत्किनुअघिसम्म सय टन क्षमताको उक्त पुलमा अहिले भारतीयले ८ टनसम्मको गाडी मात्र चल्न दिएका छन् । यसले राजश्व संकलनमा समेत कमी आएको छ ।

मिरगञ्ज पुलमा बाढीले क्षति पुगेपछि भारतले नजिकै अर्को नयाँ पुल निर्माण गरेको छ। भारतीय पक्षले त्यो पुल पनि सञ्चालनमा ल्याउन चाहेको छैन । यसरी आयात निर्यातका लागि प्रयोग हुने पुल महिनादेखि बन्द अवस्थामा रहँदा पनि नेपाली पक्षले संचालन गराउन पहल गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *