Main News

तत्कालीन अर्थमन्त्री शर्माका विषयमा छानबिन गर्न गठित संसदीय समितिले काम शुरु गर्दै

हिमालय टिभी
२०७९ असार २८ गते १३:२६
तत्कालीन अर्थमन्त्री शर्माका विषयमा छानबिन गर्न गठित संसदीय समितिले काम शुरु गर्दै

२८ असार २०७९ काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट औपचारिक रुपमा काम शुरु गर्दैछ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज समितिको पहिलो बैठक बस्न लागेको हो । सिंहदरबारमा समितिको औपचारिक बैठक बस्ने सांसद कर्णले जानकारी दिनुभयो ।

समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको जानकारी दिनुभयो । समितिलाई औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव हुनुहुन्छ ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजनीतिक रुपमा आफूलाई बदनाम गर्न खोजिएको भन्दै छानबिन गर्न चुनौती दिँदै आउनुभएको छ ।

तर पछिल्लो समय करको दर परिवर्तनका लागि प्रधानमन्त्रीका छोरा जयवीरसिंह देउवा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको समेत नाम मुछिएको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *